प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

 

🚨 साइबर ठगी विरुद्ध एकीकृत पहल – अब १२४७ मा सम्पर्क गर्नुहोस्।

 

साइबर अपराध तथा अनलाइन ठगीका घटनाहरू बढ्दै गइरहेको वर्तमान अवस्थामा नागरिकलाई सुरक्षित राख्न नेपाल प्रहरी, नेपाल राष्ट्र बैंक (NRB) र नेपाल दूरसञ्चार प्राधिकरण (NTA) को सहकार्यमा एकीकृत साइबर ठगी नियन्त्रण केन्द्र (Integrated Anti-Cyber Scam Center) स्थापना गरिएको छ।

 

यस पहलअन्तर्गत बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक (PSPs), भुक्तानी प्रणाली सञ्चालक (PSOs), नेपाल टेलिकम, एनसेल तथा इन्टरनेट सेवा प्रदायकहरूसँग समन्वय गरी साइबर ठगी नियन्त्रण तथा अनुसन्धानमा प्रभावकारी सहकार्य गरिनेछ।

 

नागरिकहरूमा अनुरोध:

  • अनलाइनमार्फत हुने आर्थिक ठगी, शंकास्पद कारोबार तथा साइबर ठगीका घटनाप्रति सचेत रहनुहोस्।

  • शंकास्पद लिंकमा क्लिक नगर्नुहोस् र आफ्नो बैंकिङ तथा व्यक्तिगत विवरण अरूसँग साझा नगर्नुहोस्।

  • साइबर ठगीमा परेको वा ठगीको प्रयास भएको अवस्थामा तत्काल १२४७ मा सम्पर्क गरी जानकारी गराउनुहोस्।

 

सचेत बनौँ, सुरक्षित रहौँ।

 

📞 साइबर ठगी सम्बन्धी सम्पर्क नम्बर: १२४७