प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ठगीका स्वरूपहरू

Share

ठगीका स्वरूपहरू


हेर्दै वा सुन्दै अपत्यारिलो वा अविश्वसनीय देखिन्छ भने - झुठो पनि हुनसक्छ । If it's too good to be true - it's probably fake.


चिट्ठा / उपहार ठगी:- तपाईंको मेल, मेसेन्जर मार्फत शंकास्पद लिङ्कहरू वा आकर्षक सन्देश आउँछ - तपाईंले आकर्षक चिठ्ठा जित्नुभएको छ वा उपहार प्राप्त गर्नुभएको छ । लटरी वा उपहार विदेशी हो भनि कर / भन्सार तिर्नको लागि समेत रकम माग गर्न सक्छ ।


सस्तोमा राम्रो कोठा / फ्ल्याट: - सस्तो मूल्यमा कोठा वा फ्ल्याट पाउनको लागि अग्रिम पैसा माग्न र त्यसपछि सम्पर्कविहीन हुन्छ।


अनलाइन किनमेल ठगी:- अनलाइन सामान खरीद गर्दा अग्रिम भुक्तानी (advanced payment) गर्न लगाउने, वा तपाईं 'वास्तविक' ग्राहक हुनुहुन्छ भनी प्रमाणित गर्न तपाईंको व्यक्तिगत विवरणहरू (नागरिकता, आदि) माग्न सक्छन्। तपाईंका कागजातहरू पछि अर्को ठगी प्रकरणमा प्रयोग हुनसक्छ ।


उत्तराधिकार बनिदिनु भन्ने ठगी: - आफ्नो 'सम्पत्ति' को लागि कुनै उत्तराधिकारी भएन भनी विभिन्न प्रलोभन सन्देशहरू पठाउने ।


आकर्षक रोजगार ठगी: - घरमै बसीबसी बिना झन्झट वा कम मिहिनेतका साथ आकर्षक जागिर वा अविश्वसनीय काम पाउनुहुन्छ भन्ने, साथै उल्टा तपाईकै रकम लगानी गर्न लगाउने वा व्यक्तिगत विवरणहरू (नागरिकता, आदि) माग गर्ने।


प्रमाणिकरण कोड (OTP) ठगी: कसैले तपाईंलाई OTP पठाउन लगाई तपाईको बैङ्किङ  वा सामाजिक सञ्जाल खाता ह्याक गर्न सक्छ ।


Whatsapp भिडियो कल ठगी: तपाईंले कहिल्यै नभेटेको, नदेखेको महिला आईडिबाट फ्रेन्ड रिक्वेस्ट आउँछ। कुराकानी हुँदाहुँदै उनले तस्विर वा भिडियोहरू पठाउन वा वेबक्याममा पुग्न लगाउँछिन् जहाँ उसले तपाईंको अनुहारको साथ नग्न महिलाको फोटो लिन्छ । ठगी: त्यहाँ कुनै महिला हुँदैनन् । तपाईंको नग्न फोटो अरू कसैले पाउँछ ।  उसले तपाईसँग रकम मागेर नत्र त्यो तस्बिर साथी र परिवारलाई पठाउने धम्की दिनेछ।