सुरक्षित रहने विधिहरु
- अप्रत्यासित लिङ्क तथा चिट्ठा पर्यो भनि आएका मेल / लिङ्कहरूको विश्वासमा परी click नगरौँ ।
- विदेशबाट गिफ्ट आयो, भन्सार कटाउने भनि गिफ्ट / iPhone को फोटो देखाए रकम माग गरेमा समेत विश्वासमा नपरौँ ।
- आफ्नो गोप्य फोटो / भिडियो, तथा व्यक्तिगत जानकारी, फोटो, भिडियोहरू जो कोहीसँग सेयर नगरौँ ।
- चिनजानकै व्यक्तिबाट मेसेजमा च्याट गरी रकम माग गरेमा कल गरी एकीन गरौँ -- ह्याक भएको आईडि हुन सक्छ ।
- समय निकालेर घर परिवारका सदस्यहरू प्रविधिको प्रयोग तथा अनलाईनमा हुन सक्ने खतराहरूको बारेमा कुराकानी गरौँ ।
- सुरक्षित पासवर्ड प्रयोग गरौँ, समय-समयमा परिवर्तन समेत गरौँ ।
- सम्भव भएसम्म अनलाईन खाताहरूमा 2FA वा MFA (Multi-Factor Authentication) प्रयोग गरौँ । यो भनेको पासवर्ड सँगै OTP समेत हो ।
- सार्वजनिक स्थानमा उपलब्ध Free Wifi मा बैंङ्किक कारोबार वा संवेदनशीक जानकारी आदनप्रदान नगरौँ ।
- कम्प्युटर / ल्यापटपलाई समय समयमा अपडेट गरौँ, विश्वसनीय Anti - Virus प्रणालीहरू प्रयोग गरौँ ।
- जरूरी विवरण तथा डाटाहरूको नियमित ब्याकअप गर्ने गरौँ (Portable Hard Disk, Cloud, लगायत) ।