प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

Cyber Safety Tips


अपडेट रहन हाम्रो Facebook page [ Cyber Bureau ] फलो गर्नुहोस् ।

 

  • अप्रत्यासित लिङ्क तथा चिट्ठा पर्यो भनि आएका मेल / लिङ्कहरूको विश्वासमा परी click नगरौँ ।
  • विदेशबाट गिफ्ट आयो, भन्सार कटाउने भनि गिफ्ट / iPhone को फोटो देखाए रकम माग गरेमा समेत विश्वासमा नपरौँ । 
  • आफ्नो गोप्य फोटो / भिडियो, तथा व्यक्तिगत जानकारी जो कोहीसँग सेयर नगरौँ
  • आकर्षक रोजगारी पाउनका लागि उल्टा आफूले रकम लगानी गर्न लगाउने प्रलोभनका पछि नलागौँ ।
  • Facebook मा 'Sponsered' भनि आउने अनलाईन जागिर तथा प्रलोभनको पछि नपरौँ । 
  • चिनजानकै व्यक्तिबाट मेसेजमा च्याट गरी रकम माग गरेमा कल गरी एकीन गरौँ -- ह्याक भएको आईडि हुन सक्छ ।
  • सुरक्षित पासवर्ड प्रयोग गरौँ, समय-समयमा परिवर्तन समेत गरौँ ।
  • सम्भव भएसम्म अनलाईन खाताहरूमा 2FA वा MFA (Multi-Factor Authentication) प्रयोग गरौँ । यो भनेको पासवर्ड सँगै OTP समेत हो ।
  • सार्वजनिक स्थानमा उपलब्ध Free Wifi मा बैंङ्किक कारोबार वा संवेदनशीक जानकारी आदनप्रदान नगरौँ ।
  • कम्प्युटर / ल्यापटपलाई समय समयमा अपडेट गरौँ, विश्वसनीय Anti - Virus प्रणालीहरू प्रयोग गरौँ ।
  • जरूरी विवरण तथा डाटाहरूको नियमित ब्याकअप गर्ने गरौँ (Portable Hard Disk, Cloud, लगायत) ।
  • बालबालिकाहरू, घर परिवारका सदस्यहरू प्रविधिको प्रयोग तथा अनलाईनमा हुन सक्ने खतराहरूको बारेमा कुराकानी गरौँ ।